तपाईंको कम्प्युटरमा डेस्कटप वा windows explorer मा राईट क्लिक नभएर समस्या हुनु हुन्छ ? यदि यस्तो समस्या छ भने तल उल्लेखित २ वटा बाटो अपनाएर यो समस्या हल गर्न सकिन्छ । यस्को लागि तपाईंले आफ्नो कम्प्युटरको group policies मा र registry editor मा केही चेन्ज गर्नु पर्ने हुन्छ ।
पहिलो तरिका ( Group Policy Editor )
आफ्नो कम्प्युटरको context menu (right click) Group Policy Editor बाट re-enable गर्न
© start > Run र त्यहा gpedit.msc टाईप गर्नुहोस् ।
© अब यो location सम्म जानुहोस्
© User Configuration –> Administrative Templates –> Windows Components –> Windows Explorer दाँया तिरको pane मा यो key खोज्नुहोस्
© “Remove Windows Explorer’s default context menu” यो key लाई double क्लिक गरेर खोल्नुहोस् ।
© यदि यो enabled अथवा not configured छ भने यस्लाई disable गर्नुहोस् ।
तपाईंको context menu (right click menu) फर्किनेछ जब तपाईंले policy मा यो apply गर्नुहुनेछ ।
तपाईंको context menu (right click menu) फर्किनेछ जब तपाईंले policy मा यो apply गर्नुहुनेछ ।
दोस्रो तरिका ( Registry Editor )
कम्प्युटरको context menu (right click) Registry Editor बाट re-enable गर्न
कम्प्युटरको context menu (right click) Registry Editor बाट re-enable गर्न
© Start > Run र त्यहा regedit टाईप गर्नुहोस् ।
© अब यो location सम्म जानुहोस् ।
© HKEY_CURRENT_USER –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer दाँया तिरको pane l मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।
© यस् बाट पनि भएन भने यो location सम्म पनि गएर हेर्नुहोस् ।
© HKEY_LOCAL_MACHINE –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer यहाँ पनि दाँया तिरको pane मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।
यदि तपाईंहरुलाई कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने आफ्नो कम्प्युटरको registry editor (regedit) नचलाऊनु नै राम्रो हुन्छ ।