Wednesday, March 9, 2011

कम्प्युटर स्टार्ट हुने बित्तिकै कुनै प्रोग्रामलाई run गराउने (HowTo Run Program with Startup ?)

कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै प्रोग्राम Run गराउनु छ, म्युजिक, भिडियो, document वा अरु कुनै । यो त्यती बेला
काममा आउछ जब तपाईंको
कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई गोप्य कुरा सुटुक्क भन्नु छ भने यस तरिका अपनाउन सक्नु हुन्छ ।
यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि प्रोग्राम रन गराउनको लागि
©      Start > All Programs अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।
©     Startup Document खुल्नेछ, अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।
©   म्युजिक, भिडियो फाइल वा word मा लेखिएको कुनै पनि फाइल
©      अब कम्प्युटरलाई Restart गर्नुहोस्, तपाईंले राख् नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।
©     यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।



Online Free Chat

LinkGrand.com