कसैले तपाईंको महत्वपूर्णफोल्डर डिलिट गरिदियो । जुन फोल्डरमा तपाईंको महत्वपूर्ण फाइलहरु थियो । त्यो अवस्थामा तपाई के गर्नु हुन्छ ? त्यसैले तपाईमा पुन त्यहि घट्ना नघटोस भन्नका लागि जरुरी हुन्छ कि फोल्डर delete हुन बाट जोगाउनु । त्यसको लागि तपाईंले यस्तो महत्वपूर्ण फोल्डरलाई undeletable किन बनाउनु पर्छ । अबस्य पनि तपाईं यस्तो फोल्डर बनाउन चाहनु हुन्छ नै होला । यहाँ त्यसको लागि सजिलो तरिका छ
© Command Prompt खोल्लुनोस । ( Start > Run र त्यहा cmd टाईप गर्नुहोस् )
© cmd मा directory change गर्नुहोस् जहाँ तपाईंलाई मन लाग्छ अथवा जहाँ तपाईंलाई undeletable folder बनाउनु छ । यहाँ मैले E drive छाने । त्यसको लागि cmd मा E: टाईप गर्नुहोस् र Enter हान्नुहोस् ।
© अब md \bikky\\ टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
© तपाईंको E drive मा bikky नामको फोल्डर बन्यो ।
© यो फोल्डर भित्र आफ्नो फाइलहरु राख् न bikky फोल्डर भित्र new folder बनाउनुहोस् र newfolder भित्र आफ्नो महत्वपूर्ण फाइलहरु कपि गरेर पेस्ट गर्नुहोस् ।
© यदि तपाईंले यो फोल्डरलाई delete अथवा rename गर्न खोज्नु भयो भने सो अवस्थामा सीधै डिलिट हुनुको सट्टामा तपाईलाई अनुमति माग्ने छ ।
सो फोल्डरलाई पुन डिलिट गर्ने तरिका
© cmd मा फेरी जानुहोस् र E: टाईप गरेर enter गर्नुहोस् ।
© अब त्यहा यो टाईप गर्नुहोस् । rd \bikky\\ र enter गर्नुहोस् ।
© फोल्डर डिलिट भयो ।
No comments:
Post a Comment