इन्टरनेट अहिलेको मोर्डन लाइफमा मानिसहरुको लागि रमाइलो, उपयोगी र टाईम पास गर्ने एक राम्रो माध्यम बनेको छ । यसमा रमाइलो होस या भाबुक दुवैको काम वा समग्रमा भन्नु पर्दा जुनसुकै प्रयोजनको लागी ईन्टरनेट चलाऊदा धेरै सचेत हुनु पर्छ । बिभिन्न कुरामा हामीले ईन्टरनेट Browsing गर्दा ध्यान पुर्याउनु पर्ने हुन्छ ।
यो संसारमा समस्या धेरै नै छ र पनि त्यो समस्याको एक न एक समाधान पनि हुन्छ । जसमा राम्रो र नराम्रो भन्ने त जहाँ पनि हुन्छ नै त्यस्तै यहाँ पनि राम्रो कार्यको गर्दा धेरै नराम्रो समस्या सँग जुध्नु पर्ने हुन्छ ।
ईन्टरनेट Browsing गर्दा विभिन्न कुरामा ध्यान दिनु आवश्यक छ ।
ईन्टरनेट बाट कुनै पनि फाइल वा Software डाउनलोड गर्दा भरपर्दो Sources बाट मात्र गर्ने गर्नुहोस् । डाउनलोड गर्नु भन्दा अगाडि सिक्युरिटी, Licensing, र Privacy Statements चेक गर्नुहोस् । कुनै पनि फाइलहरु डाउनलोड गरी Save गरी सके पछि Antivirus को प्रयोग गरेर एक पल्ट Countercheck गरेर मात्र उक्त फाइल खोल्ने गर्नुहोस् ।
- तपाईंको कम्प्युटरमा राम्रो Antivirus Software र Firewalls ले Protected छ कि छैन । Antivirus Software लाई Regularly अप्डेट गर्नु नबिर्सिनुहोस् ।
- सधैं Password को प्रयोग गर्ने गर्नुहोस्, Password Create गर्दा एकदम छोटो र सजिलो शब्दहरु प्रयोग नगर्नुहोस् । Password मा सकेसम्म शब्द सँगै अंक, सिम्बल अनी Capital र Small लेटरहरुको Combination गर्ने गर्नुहोस् ।
- कहिले पनि नचिनेको र थाहा नभएको Sources बाट आएको ईमेल झट्टै नखोल्नुहोस् अझ त्यस्ता मेलहरु जुन मेलमा कुनै फाइल Attachment गरिएको हुन्छ । आकर्षक र लोभ लाग्दो शिर्शक भएको ईमेलमा भुलेर मेल खोली नहाल्नुहोस् । कुनै पनि ईमेलमा तपाईंको Personal इन्फर्मेसन मागिएको छ भने पनि कहिले पनि यस्ता मेलमा रिप्लाई नगर्नुहोस् ।
- आफ्नो ईमेलमा Spam Email Filter को प्रयोग गर्नुहोस् जसले यस्ता शँकास्पद ईमेलहरुलाई फिल्टर र ब्लक गर्ने गर्छ ।
- आफ्नो ईमेलमा आएका कुनै पनि लिन्कहरुलाई सोझै त्यहीबाट क्लिक नगर्नुहोस् , त्यसको सट्टा यदी उक्त लिन्क खोल्नै पर्ने छ भने लिन्कलाई कपि गरेर वेब Browser मा पेस्ट गरेर खोल्ने गर्नुहोस् ।
- च्याटरुम बाट सधैं सतर्क रहनुहोस् र नचिनेको मान्छे वा आफुले विश्वाश गर्न नसक्ने मान्छेले पठाएको कुनै पनि फाइलहरुलाई Accept गर्ने नगर्नुहोस् अथवा त्यस्ता मान्छेले पठाएको कुनै पनि लिन्कमा बिना सोचेर क्लिक गरी नहाल्नुहोस् ।
- अन्लाईन Shopping साईटहरु, Pirated Software's Distribute गर्ने साईटहरु र Quick Rich Schemes प्रमोट गर्ने साईटहरु खोल्दा एकदम ध्यान पुर्याउनुहोस् ।
No comments:
Post a Comment