कम्प्युटरको Speed बढाउन निम्न तरिका अपनाउनु सकिन्छ ।
- जहिले कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँडै नखोलिहाल्नुस्, पहिला राम्रो सँग कम्प्युटरलाई Boot up हुन दिनुस् ।
- कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ र कम्प्युटर फ्रेस हुन्छ ।
- सक्दो आफ्नो कम्प्युटरमा Wallpaper प्रयोग नगर्नुस् । यदि गर्नुनै छ भने सानो साइज भएको Image को मात्र Wallpaper मा प्रयोग गर्नुस् ।
- आफ्नो Desktop मा धेरै ICON हरु नबनाउनुस् वा नराख्नुस् सक्दो तपाइको कम्प्युटरको Desktop लाई Clean नै राख् नुस् ।
- तपाइको महत्वपूर्ण फाइलहरु जहिल्यै पनि D:/ वा E:/ राख् नु होस । Desktop मा राख् ने काम कहिल्यै नगर्नुहोस ।
- तपाईले Delete गरेको फाइलहरु जहिल्यै Recycle bin मा गएर बसेको हुन्छ । तपाईंको Recycle Bin ले कम्प्युटरको Hard drive को स्पेस लीइ रहेको हुन्छ । त्यसैले Recycle Bin लाई बेला-बेलामा Empty गरी राख् नु पर्छ ।
- तपाई काम गरिरहेको अवस्थामा कम्प्युटरले Temporary files बनाइ रहेको हुन्छ । उक्त Temporary files लाई बेला बेलामा Delete गरी राखनुस् ।
- आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Hard drive मा रहेको स्पेसलाई मिलाएर धेरै खाली ठाउँ बनाउछ र Application Program हरु Fast चल्छन ।
- आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा Partitions गर्नुस् । भिन्दा भिन्दै फाइल र सफ्टवेरहरु राख् नुस ।
- जब तपाईंले नयाँ Software Install गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस्, यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छ र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software Install गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
- आफ्नो कम्प्युटरलाई धुलोबाट सक्दो जोगाउनुस्, किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युट अनावश्यक रुपमा ताप उत्पन्न गराउछ र कम्प्युटर Slow Down हुन सक्छ ।
No comments:
Post a Comment