Wednesday, March 9, 2011

आफ्नो password को सुरक्षा कसरी गर्ने ?

तपाईं कम्प्युटर प्रयोग गर्नु हुन्छ भने पासर्वडकोबारे अवश्य जानकारी राख् नु हुन्छकि password भनेको तपाईको गोप्य हुनु पर्छ । पासवर्ड आफुले बाहेक अरु कसैलाई थाहा दिनु हुँदैन । मानिसहरुमा सधैं पासवर्ड राख्दा जहिल्यै आफ्नो प्यारो बस्तु, मनपर्ने ठाउँ, आफ्नो गलफ्रेण्ड वा व्याइ फ्रेण्डको नाम राख् ने वा आफ्नो फोन नं या मोवाइल नंम्बर राख् ने गरेको हुन्छ । यस्ताहरु सजिलै अरु अन्दाज गर्न सक्ने शब्दहरु कहिल्यै नराख् नुस र जहिले पनि बुझ्ने मान्छेलाई यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ Password Crackers हरुले Crack गर्न नसकोस ।
पासवर्ड सजिलो अथवा असुरक्षित छ भने जहिले चोरी हुने डर रही रहन्छ, Password Cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको Password Crack गरी दिन्छन त्यसैले Password छान्दा हामीले जहिले पनि अरुले अन्दाज गर्न नसकिने तथा अली सुरक्षित छान्नु एकदमै जरुरी हुन्छ । हुन त Cracker हरु जस्तो-सुकै Password हरु पनि Crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई पनि Crack गर्न धेरै टाईम लाग्न सक्छ । त्यसैले यहाँ password लाई कसरी सुरक्षित बनाउन सकिन्छ अथवा भनौ कस्तो password धेरै सुरक्षित हुन्छ ?


असुरक्षित तरिका
आफ्नो Password कहिले पनि आफु अथवा आफ्नो परिवार सँग सम्बन्धित हुनु हुँदैन । Cracker हरुले Password Crack गर्दा सबभन्दा पहिला यसैको सहारा लिन्छन । यस्ता खराब Password को उदाहरण : तपाईंको नाम, उपनाम, जन्मस्थान, परिवारको नाम आदी ।
Common Words तथा छोटो शब्दहरु त्यती सुरक्षित हुँदैनन र Cracker हरुले सजिलै यसलाई थाहा पाउछन त्यस्ता शब्दहरु जस्तै : Dragon, Secret, Cheese, God, Love, Sex, Life  आदी
Password लाई शब्दहरुको भिन्न रुप दिएर सुरक्षित बनाउन खोजिन्छ र यस्ता शब्दहरु Dictionary हरुमा मेल खाँदैनन पनि तर यस्ता साधारणा शब्दहरु पनि सजिलै Crack हुन सक्छन । उदाहण : Dr0wssap, L0ve, S3cr3t, Dr@Gon
आफ्नो Password सुरक्षित दुई शब्दहरुलाई जोडेर पनि बनाउन खोजिन्छ र यस्ता Password माथिका भन्दा अली सुरक्षित हुन्छन पनि तर यो पनि पूर्ण सुरक्षित तरिका भने हैन यस्ता Password हरुको उदाहरण : Whatfor, Divineright, Bigpig, Ilove, Farfetched, Catspajamas आफुले पहिला प्रयोग गरिसकेको Password फेरी कहिले पनि प्रयोग गर्ने नगर्नुहोस्, धेरै जस्तोले सबै जसो A/C हरुमा एउटै Password राख् ने गर्दछन तर यो एकदम ठीक होइन ।


सुरक्षित तरिका :
©       जहिले पनि तपाईंको Password सुरक्षित छैन भन्ने लाग्छ भने त्यहि बेला आफ्नो Password तुरुन्तै चेन्ज गरिहाल्नुहोस्
©       आफ्नो मेलमा आएका लिन्कहरुमा र Chat गर्दा आएका Link हरुमा कहिले पनि क्लिक नगर्नुहोस् वा अनावश्यक फारमहरु नभर्नुहोस ।
©        आफ्नो Password लाई त्यस्ता ठाउँहरुमा कहिले पनि लेख् नुस जहाँ अरुले सजिलै भेट्न सक्छन । यदि लेखेरै राखने बानी छ भने पनि अरुले नभेट्टाउने ठाउमा लक गरेर राख्नने गर्नुहोस् ।
©       यो एउटा एकदम सुरक्षित उपाए हो कि तपाईंले आफ्नो Password लाई नियमित रुपमा Change गर्ने गर्नुहोस्
©       तपाईको पासवर्ड कम्तीमा पनि/१ महिना वा कम्तिमा ३/ महिनामा तपाईको पासवर्ड परिवर्तन गरि राख् नुहोस
©       आफ्नो Password मा सकेसम्म वर्डहरु नम्बर र स्पेशल Character हरु मिक्स गर्नु गर्नुहोस् । तर कुनै कुनै साईटहरुले Password मा स्पेशल Character हरु सपोर्ट नगर्ने हुन्छ यो भने ध्यान रा ख् नुहोस् ।
©       Password मा Small Letter Capital Letter हरु मिक्स गर्न पनि सक्नु हुन्छ र सकेसम्म Password लामो नै होस् जसले गर्दा Cracker हरुलाई Guess गर्न गार्हो होस् ।
©       सबभन्दा सुरक्षित Password भनेको शब्द भन्दा वाक्य नै हो र यदि सिस्टमले Support गर्छ भने वाक्य नै राख् ने गर्नुहोस् जस्तै : "I have passed the exam." यस्मा पनि बिच बिचमा नम्बरगरु जोड्न सक्नु हुन्छ र लामो वाक्य छ भने झन सुरक्षित हुन्छ र Cracker हरुलाई यस्ता Password Crack गर्न गाह्रो हुन्छ ।


कसरी Right-Click Disabled गरिएका साईटहरुबाट इमेज कपि गर्ने

तपाईंहरुले अनुभब गर्नु भएकै होला कुनै कुनै वेबसाईट वा ब्लगहरुमा "Right-Clcik" Disable गरिएका हुन्छन । तर आजको दिनहरुमा यसरी Javascript वा अरु कुनै कोडको प्रयोग गरेर यसरी "Right-Clcik" लाई Disable गर्नु भनेको मुर्ख्याई साबित भई सकेको छ । आजको दिनमा पनि केही वेबमास्टर वा ब्लगरहरुले यो Method अपनाइराखेकै छन तर यसले फाईदा भन्दा पनि बढी बेफाईदा नै गरिराखेको हुन्छ । यदि तपाईं पनि यस्तै Method अपनाउने मध्यमा पर्नु हुन्छ भने एक चोटि ध्यानदिएर यो पढ्नुहोस् त (Click Here)

यसरी वेबसाईटहरुमा "Right-Click" Disable गर्नुको प्रमुख कारण भनेको वेबसाईट Visitor हरुले आफ्नो साईटको Artical वा Image चोरी गर्लान भनेर नै हो तर यो नै कारणलाई लिएर यदि तपाईंले पनि यो तरिका अपनाउनु भएको हो भने तपाईंलाई पनि मुर्खको क्याटगरीमा राख्दा केही फरक नपर्ला किनभने यसरी Right-Click Protect गरिएका साईटहरुबाट इमेज कपि गर्न Right-Click गरेर बाहेक अरु धेरै तरिकाहरु छन ।
तल यस्तै "Right-Click" Disable गरिएका साईटहरु बाट इमेज कपि गर्ने ३ तरिका बारे चर्चा गरिएका छन :

१) Image लाई Desktop अथवा Browser को Address बारमा Drag & Drop गरेरयो एउटा सजिलो तरिका हो । तपाईंले मात्र कपि गर्नु पर्ने इमेजलाई Click गरेर Drag (क्लिक गर्दा गर्दै तानेर) गरेर डेस्कटपमा वा अन्त कतै Local डिस्कमा लगेर छाडिदिनुहोस् । इमेज Automatically त्यहा डाउनलोड भएर त्यहा Save हुनेछ । यो Firefox Internet Explorer ब्राउजर दुइटैमा काम गर्छ ।
अथवा
तपाईंले इमेजलाई Drag गरेर Firefox ब्राउजरको Address बारमा लगेर छाडिदिनुहोस् यसो गर्दा उक्त ब्राउजरमा तपाईंको इमेज लोड हुनेछ र त्यसपछि तपाईं उक्त इमेजलाई Right-Click गर्नमा फ्री हुनुहुनेछ ।
२) Firefox ब्राउजरमा पेज Info. Open गरेर
यदि कुनै कारणबास Drag and Drop Method ले काम गरेर भने यो तरिका अपनाउन सकिन्छ ।
©        Firefox मा इमेज कपि गर्नु पने साईट खोल्नुहोस्
©        मेनु बारमा रहेको Tools मा क्लिक गरेर त्यहा Page Info. मा जानुहोस् ।
©         Media Tab मा क्लिक गर्नुहोस् ।
©        त्यहा तपाईंलाई डाउनलोड (Copy) गर्नु पर्ने इमेज खोज्नुहोस् र क्लिक गर्नुहोस् ।
©        अब "Save As" बटन मा क्लिक गरेर Location दिएर ओके गर्नुहोस् ।

३) Print Screen, Crop, Save
यदि माथिको Method हरुले काम गरेन भने अन्तिम तरिका यो पनि हुन सक्छ । यो राम्रो तरिका नभए पनि यसरी पनि सजिलै इमेजलाई कपि गर्न सकिन्छ । तर यसमा तपाईंलाई इमेजलाई Printsereen गरेर Crop गरीराख्नु पर्ने झन्झट छ ।
इमेज कपि गर्नु पर्ने साईट खोल्नुहोस् ।
©        ब्राउजरमा Scroll गरेर कपि गर्नु पर्ने इमेज देखिने गरी राख्नुहोस् ।
©        अब तपाईंको Keyboard मा भएको "Print Screen" बटन थिच्नुहोस् ।
©        MS Paint प्रोग्राम अथवा अरु कुनै इमेज Editing सफ्टवयर खोल्नुहोस् ।
©        "Ctrl+V" गर्नुहोस् ।
©        त्यहा तपाईंको स्क्रीनमा देखिएको जस्तै इमेज पेस्ट हुनेछ र अब तपाईंलाई चाहिने इमेजलाई मात्र Corp गरेर Save गर्नुहोस् ।
Right-Click Disable गरिएका वेबसाईटहरुबाट यि तरिका अपनाएर इमेजलाई प्रतिलिपि गर्न सकिन्छ तर यो पनि बिचार गर्नु जरुरी छ कि Copyright गरिएका वा Permission बिना कपि गर्न निषेध गरिएका इमेजहरुलाई बिना Permission कपि गरेर आफ्नो प्रयोजनको लागि प्रयोग गर्नु Illegal नै हो ।

Ctrl+C को बारेमा आस्चर्यजनक तथ्य

कृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C Press गर्दै हुनु हुन्छ भने , यो Information तपाईंहरुलाई Useful हुन सक्छ ।
Ctrl+C कम्प्युटर चलाऊदा हामी यो Shortcut कि को प्रयोग गरेर टेक्स्टहरुलाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ? ... किनभने ,जब हामी Online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेटबाट Javascripts Asp को Combination बाट तपाईंले पछील्लो पटक Copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।
यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...
©        तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्
©        अब यो लिन्क लाई क्लिक गर्नुहोस् Http://Www.Sourcecodesworld.Com/Special/Clipboard.Asp
©        तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।

त्यसैले कुनै पनि Sensitive Data (जस्तै Passwords, Creditcard Numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र Clipboard मा सङ्रग्रहित डाटालाई सजिलै Extract गरेर तपाईंको Sensitive Data चोरी हुन सक्छ । अथवा तपाईंले यो तरिका अपनाएर Clipboard मा सङ्रग्रहित डाटा Hack हुन बाट जोगाउन सक्नु हुन्छ
©        Internet Explorer को Tools मेनुमा Internet Option मा जानुहोस्
©        अब Security Tabs मा क्लिक गर्नुहोस्
©        त्यसपछि Custom Level को Settings भित्र "Allow Paste Operations Via Script" लाई Disable गरीदिनुहोस् ।
मलाई विश्वाश छ यो Information तपाईंहरुलाई अबस्य पनि उपयोगी हुनेछ ।

डेस्कटप अथवा विन्डोज Explorer मा राईट क्लिक नभएमा निम्न तरिका अपनाउनु सकिन्छ ।

तपाईंको कम्प्युटरमा डेस्कटप वा windows explorer मा राईट क्लिक नभएर समस्या हुनु हुन्छ ? यदि यस्तो समस्या छ भने तल उल्लेखित २ वटा बाटो अपनाएर यो समस्या हल गर्न सकिन्छ । यस्को लागि तपाईंले आफ्नो कम्प्युटरको group policies मा र registry editor मा केही चेन्ज गर्नु पर्ने हुन्छ ।
पहिलो तरिका ( Group Policy Editor )
आफ्नो कम्प्युटरको context menu (right click) Group Policy Editor बाट re-enable गर्न
©       start > Run र त्यहा gpedit.msc टाईप गर्नुहोस् ।
©       अब यो location सम्म जानुहोस्
©       User Configuration –> Administrative Templates –> Windows Components –> Windows Explorer दाँया तिरको pane मा यो key खोज्नुहोस्
©       “Remove Windows Explorer’s default context menu”  यो key लाई double क्लिक गरेर खोल्नुहोस् ।
©       यदि यो enabled अथवा not configured छ भने यस्लाई disable गर्नुहोस् ।
तपाईंको context menu (right click menu) फर्किनेछ जब तपाईंले policy मा यो apply गर्नुहुनेछ ।
दोस्रो तरिका ( Registry Editor )
कम्प्युटरको context menu (right click) Registry Editor बाट re-enable गर्न
©        Start > Run र त्यहा regedit टाईप गर्नुहोस् ।
©       अब यो location सम्म जानुहोस् ।
©       HKEY_CURRENT_USER –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer  दाँया तिरको pane l मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।
©        यस् बाट पनि भएन भने यो location सम्म पनि गएर हेर्नुहोस् ।
©       HKEY_LOCAL_MACHINE –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer यहाँ पनि दाँया तिरको pane मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।
यदि तपाईंहरुलाई कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने आफ्नो कम्प्युटरको registry editor (regedit) नचलाऊनु नै राम्रो हुन्छ ।

कसरी सुरक्षित ईन्टरनेट Surfing गर्न सकिन्छ ?

इन्टरनेट अहिलेको मोर्डन लाइफमा मानिसहरुको लागि रमाइलो, उपयोगी र टाईम पास गर्ने एक राम्रो माध्यम बनेको छ । यसमा रमाइलो होस या भाबुक दुवैको काम वा समग्रमा भन्नु पर्दा जुनसुकै प्रयोजनको लागी ईन्टरनेट चलाऊदा धेरै सचेत हुनु पर्छ । बिभिन्न कुरामा हामीले ईन्टरनेट Browsing गर्दा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।
यो संसारमा समस्या धेरै नै छ र पनि त्यो समस्याको एक न एक समाधान पनि हुन्छ । जसमा राम्रो र नराम्रो भन्ने त जहाँ पनि हुन्छ नै त्यस्तै यहाँ पनि राम्रो कार्यको गर्दा धेरै नराम्रो समस्या सँग जुध्नु पर्ने हुन्छ ।

ईन्टरनेट Browsing गर्दा विभिन्न कुरामा ध्यान दिनु आवश्यक छ ।

ईन्टरनेट बाट कुनै पनि फाइल वा Software डाउनलोड गर्दा भरपर्दो Sources बाट मात्र गर्ने गर्नुहोस् । डाउनलोड गर्नु भन्दा अगाडि सिक्युरिटी, Licensing, Privacy Statements चेक गर्नुहोस् । कुनै पनि फाइलहरु डाउनलोड गरी Save गरी सके पछि Antivirus को प्रयोग गरेर एक पल्ट Countercheck गरेर मात्र उक्त फाइल खोल्ने गर्नुहोस् ।
  • तपाईंको कम्प्युटरमा राम्रो Antivirus Software Firewalls ले Protected छ कि छैन । Antivirus Software लाई Regularly अप्डेट गर्नु नबिर्सिनुहोस् ।
  • सधैं Password को प्रयोग गर्ने गर्नुहोस्, Password Create गर्दा एकदम छोटो र सजिलो शब्दहरु प्रयोग नगर्नुहोस् । Password मा सकेसम्म शब्द सँगै अंक, सिम्बल अनी Capital Small लेटरहरुको Combination गर्ने गर्नुहोस् । 
  • कहिले पनि नचिनेको र थाहा नभएको Sources बाट आएको ईमेल झट्टै नखोल्नुहोस् अझ त्यस्ता मेलहरु जुन मेलमा कुनै फाइल Attachment गरिएको हुन्छ । आकर्षक र लोभ लाग्दो शिर्शक भएको ईमेलमा भुलेर मेल खोली नहाल्नुहोस् । कुनै पनि ईमेलमा तपाईंको Personal इन्फर्मेसन मागिएको छ भने पनि कहिले पनि यस्ता मेलमा रिप्लाई नगर्नुहोस् । 
  • आफ्नो ईमेलमा Spam Email Filter को प्रयोग गर्नुहोस् जसले यस्ता शँकास्पद ईमेलहरुलाई फिल्टर र ब्लक गर्ने गर्छ । 
  • आफ्नो ईमेलमा आएका कुनै पनि लिन्कहरुलाई सोझै त्यहीबाट क्लिक नगर्नुहोस् , त्यसको सट्टा यदी उक्त लिन्क खोल्नै पर्ने छ भने लिन्कलाई कपि गरेर वेब Browser मा पेस्ट गरेर खोल्ने गर्नुहोस् ।
  • च्याटरुम बाट सधैं सतर्क रहनुहोस् र नचिनेको मान्छे वा आफुले विश्वाश गर्न नसक्ने मान्छेले पठाएको कुनै पनि फाइलहरुलाई Accept गर्ने नगर्नुहोस् अथवा त्यस्ता मान्छेले पठाएको कुनै पनि लिन्कमा बिना सोचेर क्लिक गरी नहाल्नुहोस् । 
  • अन्लाईन Shopping साईटहरु, Pirated Software's Distribute गर्ने साईटहरु र Quick Rich Schemes प्रमोट गर्ने साईटहरु खोल्दा एकदम ध्यान पुर्‍याउनुहोस् ।


विन्डोज XP मा फोल्डर background इमेज कसरी राख् ने ? (How keep Background Image with Windows XP?)

यहाँ अहिले म कुनै software को प्रयोग बिना विन्डोज XP को फोल्डरमा background इमेज राख्ने बारे चर्चा गर्न लागेको छु । शायद तपाईंहरुले यस बारे सोच्नु भएर पनि गर्न सकी राख्नु भएको छैन भने तल उल्लेखित step अनुसार गर्नु भयो भने सजिलै आफ्नो फोल्डरहरुमा आफुले चाहेको background इमेज राख्न सक्नु हुनेछ । तपाईंले यसो गरेर आफ्नो साथी भाईहरु माझ स्मार्ट बनेर देखाउन सक्नु हुनेछ ।

१) सब भन्दा पहिला डेस्कटपमा कुनै एउटा नयाँ फोल्डर बनाउनुहोस् , त्यसको लागि डेस्कटपमा राईट क्लिक गर्नुहोस् र new मा गएर फोल्डर मा क्लिक गर्नुहोस् ।
२) उक्त फोल्डरलाई double क्लिक गरेर खोल्नुहोस् ।
३) तल उल्लेखित code लाई कपि गर्नुहोस् ।
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
ICONAREA_IMAGE=
४) तपाईंले अघी खोल्नु भएको फोल्डर भित्र राईट क्लिक गर्नुहोस् र new मा गएर text document मा क्लिक गर्नुहोस् । त्यहा अब new text document नामको txt फाइल बन्नेछ त्यो फाइललाई double क्लिक गरेर खोल्नुहोस् र अगी कपि गरेको code लाई त्यहा paste गर्नुहोस् ।
५) background इमेजको location कपि गर्नुहोस् त्यसको लागि तपाईंले राखन चाहनु भएको इमेज कहाँ निर छ खोल्नुहोस् र माथि address बारको location लाई कपि गर्नुहोस् ।
६) अब अगी code पेस्ट गरेको ठाउमा ICONAREA_IMAGE= पछि background इमेजको location paste गरीदिनुहोस् र last मा "\" tag दिएर image को name टाईप गरेर ".jpg" राखिदिनुहोस् ।
७) यो फाइललाई अब file मा गएर save as गर्नुहोस् र फाइल name desktop.ini र तल all files छानेर save गरी दिनुहोस् ।
८) अब सबै फाइल folder लाई बन्द गरिदिनुहोस् र अगी desktop मा बनाउनु भएको folder मा राईट क्लिक गर्नुहोस् र properties > costomize > change icon गर्नुहोस् र कुनै एउटा icon छानेर apply > ok गर्नुहोस् ।
९) अब तपाईंले बनाउनु भएको फोल्डर खोलेर हेर्नुहोस् , फोल्डरको background इमेज तपाईंले रोजेको बसिसकेको हुनेछ ।

तपाईंहरुलाई केही confuse छ भने तल मैले भिडियो tutorial पनि हालीदिएको छु त्यसमा हेर्नु होला ।

Windows XP मा अदृश्य एकान्ट कसरी बनाउने ? (Create a hidden account or hide an existing in Win XP )

Windows XP मा आफ्नो login अकाउन्ट hide गर्ने वा invisible अकाउन्ट बनाउने तरिका :
यदि तपाईंहरु windows log-on screen बाट आफ्नो अकाउन्ट लुकाउन चाहनु हुन्छ वा नयाँ invisible अकाउन्ट बनाउन चाहनु हुन्छ भने तल उल्लेखित सजिलो step अनुसार गर्नुहोस् । 
  • Control Pannel मा गएर user account मा गएर आफ्नो एउटा नयाँ account बनाउनुहोस् । 
  • start > Run र त्यहा regedit टाईप गर्नुहोस् र ओके । 
  •  अब साबधानी पूर्वक यो location सम्म जानुहोस् 
  • HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\WindowsNT\CurrentVersion\WinLogon\SpecialAccounts\UserList   अब दाँया तिर राईट क्लिक गर्नुहोस् र नयाँ DWORD बनाउनुहोस् र नाम अघि तपाईंले बनाउनु भएको राख्नुहोस् वा पहिले नै भएको अकाउन्ट लुकाउन चाहनु भएको हो भने उक्त अकाउन्टको नाम टाईप गर्नुहोस् । 
  • DWORD Value "0" हाल्नुहोस्Value "0" हाल्नु भयो भने अकाउन्ट Hide हुन्छ र "1" हाल्नु भयो भने अकाउन्ट show हुन्छ ।
  • अब सबै बन्द गरिदिनुहोस् र log off गर्नुहोस् , हेर्नुहोस् तपाईंको अकाउन्ट log-on स्क्रीनमा देखिदैन ।
  • आफ्नो Hidden अकाउन्टमा log-on गर्न CTRL+ALT press गरेर Delete कि २चोटि थिच्नुहोस् र त्यहा आफ्नो अकाउन्टको नाम टाईप गर्नुहोस् र password राखेर ओके गर्नुहोस् ।
सावधान :
*
आफ्नो कम्प्युटरको regedit चलाउदा एकदम ध्यानपुर्बक गर्नुहोस्, किन कि सानो गल्तीले पनि तपाईंको कम्प्युटरको सिस्टममा खराबी आउन सक्छ ।

कसरी delete नहुने फोल्डर बनाउने ? (How to Make Undeleteable Folder?)

कसैले तपाईंको महत्वपूर्णफोल्डर डिलिट गरिदियो । जुन फोल्डरमा तपाईंको महत्वपूर्ण फाइलहरु थियो । त्यो अवस्थामा तपाई के गर्नु हुन्छ ? त्यसैले तपाईमा पुन त्यहि घट्ना नघटोस भन्नका लागि जरुरी हुन्छ कि फोल्डर delete हुन बाट जोगाउनु । त्यसको लागि तपाईंले यस्तो महत्वपूर्ण फोल्डरलाई undeletable किन बनाउनु पर्छ । अबस्य पनि तपाईं यस्तो फोल्डर बनाउन चाहनु हुन्छ नै होला । यहाँ त्यसको लागि सजिलो तरिका छ
©        Command Prompt खोल्लुनोस । ( Start > Run र त्यहा cmd टाईप गर्नुहोस् )
©       cmd मा directory change गर्नुहोस् जहाँ तपाईंलाई मन लाग्छ अथवा जहाँ तपाईंलाई undeletable folder बनाउनु छ । यहाँ मैले E drive छाने । त्यसको लागि cmd मा E: टाईप गर्नुहोस् र Enter हान्नुहोस् ।
©       अब md \bikky\\ टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
©       तपाईंको E drive मा bikky नामको फोल्डर बन्यो ।
©       यो फोल्डर भित्र आफ्नो फाइलहरु राख् bikky फोल्डर भित्र new folder बनाउनुहोस् र newfolder भित्र आफ्नो महत्वपूर्ण फाइलहरु कपि गरेर पेस्ट गर्नुहोस् ।
©       यदि तपाईंले यो फोल्डरलाई delete अथवा rename गर्न खोज्नु भयो भने सो अवस्थामा सीधै डिलिट हुनुको सट्टामा तपाईलाई अनुमति माग्ने छ ।
सो फोल्डरलाई पुन डिलिट गर्ने तरिका
©       cmd मा फेरी जानुहोस् र E: टाईप गरेर enter गर्नुहोस् ।
©       अब त्यहा यो टाईप गर्नुहोस् । rd \bikky\\ enter गर्नुहोस् ।
©       फोल्डर डिलिट भयो ।

Online Free Chat

LinkGrand.com